ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यानमा पुस २६ गतेदेखी माघ ७ गतेसम्म बृहत सल्यान महोत्सव हुने

  सल्यान खबर डेस्क २०८० पौष १५ गते आइतबार १८:४६:४२ मा प्रकाशित

सल्यान, १५ पुस ।
सल्यानको श्रीनगरमा बृहत सल्यान महोत्सव २०८० सञ्चालन हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजना र नयाँसोच युवा क्लब शारदा नगरपालिका–६ सल्यानको सहआयोजनामा यही पुस २६ गतेदेखी माघ ७ गतेसम्म सल्यान महोत्सव सञ्चालन हुने भएको हो ।

आइतवार श्रीनगरमा पत्रकार सम्मेलन गर्दै श्रीनगरको टाउन प्लानिङमा महोत्सव सञ्चालन हुने जानकारी दिइएको हो । सल्यानमा कलाघर निर्माणका लागि महोत्सवको आयोजना गरिएको मेला व्यवस्थापक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम नारायण विकले जानकारी दिनुभयो ।

यसका साथै लोपोन्मुख मौलिक कला संस्कृतिको प्रदर्शन गरि संरक्षण गर्ने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने उहाँले जानकारी दिनुभयो । महोत्सव अवधिभर ५० लाख बराबरको कारोवार हुने र ३० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी छ ।

महोत्सवमा पुराना मौलिक लोक झाँकी प्रदर्शनी गरिने, स्थानिय तथा राष्ट्रिय कलाकारबाट सांस्कृतिक प्रस्तुति, स्थानिय अर्गानिक उत्पादनको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top