होमपेज / कला/साहित्य
आखिर तिमी पावरमा छौ
म हेरि रहन्छु तिमी मनपरि गरिराख
म बोलि रहन्छु तिमी नसुनेझै गरिराख
म टोलाइ रहन्छु तिमी मजाक गरिराख
म बोलाई रहन्छु तिमी बोलेझै गरिराख
आखिर तिमी पावर मा छौ
आखिर तिमी पावर मा छौ
म र्याल चुवाई राख्छु तिमी फिला हरु चपाइ राख
म रोई रहन्छु तिमी वारहरु धाईराख
म खालि खुट्टा हिडि रहन्छु तिमी पदेरो म आइ राख
म तिमी लाई भेट्न खोज्छु तिमी मलाई धपाई राख
आखिरतिमी पावर मा छौ ।
आखिर तिमी पावर मा छौ ।
गर्मि समय मा तराइ का फाटहरु म छु
चिसो समयमा हिमाल का चुचुरा हरुमा छु
वर्षा याम मा भेरिका किनार हरुमा छु
तिमी न देखेझै गर ।म देखि रहेको छु
आखिर तिमी पावर मा छौ
तिमी अमन चयन गर म भौकै सुते को हुनेछु
तिमी घुस कमिसन का वात गर म भित्ताको पछाडिहुने छु
तिम्रा दरवार हुनेछन म घरवार विहिन हुनेछु
तिमी करोड पति हुनेछौ म सडक पति हुनेछु
आखिर तिमी पावर मा छौ ।
आखिर तिमी पावर मा छौ
तिमी ले विगत सम्छियनौ म सम्झाई रहने छु
तिमी गलत गर्दैछौ ।म रोकि रहनेछु
तिमी संग पैसा छ पद प्रतिस्ठा छ खराब मानिषको झुन्ड छ
तिम्रो हाई हाइ भएको छ मेरो के खाइ के लाई भएको छ
आखिर तिमी पावर मा छौ ।
आखिर तिमी पावर मा छौ
तिमी कालो धन को खेति गर्छौ म कालो कोदो खेति गर्छु
तिमी कालिज खान्छौ कालो धान को चामल खान्छौ
सेकुवा भुटुवा खान्छौ चिकेन चिल्लि खान्छौ
म पिठोको तिउन र मकैको रोटि खान्छु ।
आखिर तिमी पावर मा छौ ।