ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सुशासन र सूचना प्रविधी विषयमा सल्यानमा कविता प्रतियोगिता सम्पन्न

  सल्यान खबर डेस्क २०८० आश्विन २१ गते आइतबार ०७:०७:५९ मा प्रकाशित

असोज २१, सल्यान ।

सुशासन र सूचना प्रविधिका विषयमा सल्यानमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

सल्यानका ३ वटा कर्मचारीका सङ्गठन र प्रेस सेन्टर नेपालले आयोजना गरेको कविता प्रतियोगितामा महेन्द्र बस्नेत विवश प्रथम, कल्पना परियार द्वितीय, भरत वली तृतीय र सुजाता वली सान्त्वना  बनेका छन् ।

जिल्लामा रहेका नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन, प्रेस सेन्टरले प्रतियोगिताको आयोजना गरेका हुन ।

१३ जना प्रतियोगीले सहभागिता जनाएको कार्यक्रममा अन्य दर्जन बढिले पनि विभिन्न प्रतियोगिता प्रस्तुत गरेका थिए ।

कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व मन्त्री तथा संविधान सभा सदस्य नरेश भण्डारी, नेकपा माओवादीका केन्द्रीय सदस्य कृति बहादुर पुन लगायत विभिन्न नेताहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा भिजन खड्का, भूमिका खड्का, सरस्वती डाँगी, यलिसा शाही, भानुभक्त खड्का, चूडामणि नाथ योगी, आयुस्मा उपाध्याय, कल्पना परियार, झरना चन्द अर्पन, रिमा विष्टले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top