होमपेज / कला/साहित्य
जेठ १३,सल्यान
गायक रमेश के. सिंहको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सुगम तथा आधुनिक संगीतको धारलाई पहिल्याउदै सल्यान खलंगा निवासी गायक रमेश सिंहले आफ्नै शब्द अनि आवाजमा ‘छाडी जाने मायालु ’ बोलको गीत ओआरएस डिजिटल मार्फत बजारमा सार्वजनिक गरेका हुन ।
सल्यानका बरिष्ठ संगीतकार तथा गायक चेतन राईले निर्देशन गरेको गीतलाई बिजेश्वर तन्डुकारले संयोजन गरेका छन् । गीतको भिडियोमा सल्यानकै सम्यम सिंह र मोडेल रक्षा सापकोटाले अभिनय गरेका छन् भने सहायक भुमिकामा प्रेमिका शर्मालाई देख्न सकिन्छ ।
गीतको प्रोजेक्ट म्यानेजर बिक्रम तामाङ हुन भने श्रृङ्गार दिया मिश्रको रहेको छ । काठमाण्डौमा छायाङ्कन गरिएको गीतको सहायक छायाङ्कन विशाल थापा हुन भने छायाङ्कन र सम्पादनमा प्रमुख भुमिका फराज अर्पणको रहेको छ ।





.jpg)