होमपेज / कला/साहित्य
चैत २८,सल्यान
सल्यानका युवाहरूले सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डेमा युवा सम्मेलन गर्ने भएका छन् ।
सुन्दर सल्यान हाम्रो सान पर्यटन प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नारा सहित सल्यान दृष्टिकोणको आयोजनामा नयाँ वर्ष २०७९को अवसरमा उक्त सम्मेलन गर्ने भएको हो ।
सम्मेलन कार्यक्रममा समृद्ध सल्यान निर्माण घोषणा पत्र सार्वजनिक , एक सय जना युवाको अभियन्ता टिम निर्माण साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले बताएको छ । सल्यान चिनाउन महत्त्वपूर्ण भूमिका खेल्नेको सहभागिता समेत रहने कार्यक्रममा कुपिण्डेमा डुङ्गा सयर साथै सल्यानको परिचय झल्काउने टिसर्ट वितरण कार्यक्रम पनि रहेको छ ।
कार्यक्रममा सहभागीको लागि गाडीको व्यवस्था समेत गरिएको अभियन्ता ध्रुवराज वलीले बताए । उनका अनुसार कपुरकोट,थारमारे, श्रीनगरबाट गरि ३वटा गाडीको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रम वैशाख १गते हुने भएको छ ।





.jpg)