ट्रेण्डिङ

होमपेज / कला/साहित्य

हजुरको अनुहार नदेखेको पनि बर्सौँ भई सक्यो बाबा

  सल्यान खबर डेस्क २०७८ कार्तिक २४ गते बुधबार १५:३४:५४ मा प्रकाशित

तपाईँले जान्नुभएको छ कि मलाई नि सिकाइदिनुहोस् !

खासमा के हो जिन्दगी जिउने तरिका बत्ताइदिनुहोस् !!

 

धेरै दुख कष्ट र सङ्घर्ष पश्चात् एउटा झुपडी बनाएको छु,

बिन्ती छ भगवान् मेरो बस्तीतिर बाढी नपठाइदिनुहोस् !!

 

हजुरको अनुहार नदेखेको पनि बर्सौँ भई सक्यो बाबा

सपनीमै  भए   पनि   कहिलेकाहीँ   त आइदिनुहोस् !!

 

तिमी मेरै मुटुमा बसेकी छ्यौ भन्दा विश्वास गरिनन् उनीले,

डाक्टर शाव   यो  छाती  चिरेर  प्रमाण देखाईदिनुहोस् !!

 

कोमल छ आमाको मन छियाछिया भई टुक्रिन सक्छ,

कृपया म मरेको खबर मेरी आमालाई सुनाइदिइनुहोस् !!

प्रतिक्रिया

सम्बन्धित खवर

Top