ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यान साहित्य महोत्सव २०७८ सम्पन्न

  सल्यान खबर डेस्क २०७८ कार्तिक १७ गते बुधबार १९:०२:२७ मा प्रकाशित

पुष्पा रिजन डि.सी. कार्तिक १७, सल्यान ।
 राप्ती साहित्य परिषद् सल्यानको सल्यानको आयोजनामा सञ्चालित साहित्य महोत्सव २०७८  सम्पन्न भएको छ । आज दोस्रो दिन विभिन्न श्रष्टाहरुले आ आफ्नो प्रतिभा वाचन गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय स्तरका कवि, गजलकार, मुक्तकारहरुले शारदा टपको हल नै तताएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

 बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले यस प्रकारका कार्यक्रमले  जो जुन सुकै ठाउँबाट उपस्थित भए पनि आफुले सबै स्रष्टालाई साझा पुजी सम्झेको बताएका छन । यस्ता किसिमका कार्यक्रममा साहित्यक क्षेत्रमा  सबैतिरबाट सबैको ध्यान जान अनुरोध गर्दै आफुले पनि हरकदम सरकारमा रहे पनि र सरकारबाट बाहिर गए पनि आफु साहित्य स्रष्टाहरुसँगै रहने एवम् सक्ने सहयोग गर्ने प्रतिवद्वता समेत गरेका छन ।  

परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले सहजीकरण गरेको कार्यक्रममा आर्थिक मात्रै नभएर पुर्णरुपमा सहयोग गर्ने बागचौर नगरपालिका परिवार र विभिन्न जिल्लाबाट आएर २ दिनसम्म निरन्तर रहेर साहित्यक श्रवण गर्नुहुने सम्पुर्णमा विशेष धन्यवाद दिदै कार्यक्रमका सभाध्यक्ष एवम् परिषदका अध्यक्ष प्रविन भण्डारीले कार्यक्रमको समापन गरेका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top