ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यान साहित्य महोत्सव थारमारेमा सुरु

  सल्यान खबर डेस्क २०७८ कार्तिक १६ गते मंगलबार १७:३५:२२ मा प्रकाशित

पुष्पा रिजन डि.सी.कार्तिक १६, सल्यान ।

 पुरातात्त्विक संरचनाको खोजी र साहित्यिक सिर्जना, अग्रज स्रष्टाको सम्मान र अनुजको जगेर्ना भन्ने मूल नारा सहित  सल्यान साहित्य महोत्सव आज देखि थारमारेमा सुरु भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानको आयोजनामा दुई दिनसम्म चल्ने महोत्सवमा आज पहिलो दिन अग्रज श्रष्टाहरुलाई सम्मान गरिएको छ । 

 सल्यानमा जन्मिएर विभिन्न ठाउँमा कर्मथलो बनाई सिङ्गो साहित्यलाई माथि उठाउन विभिन्न तवरले सहयोग पुर्‍याउने २८ जना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको छ ।  । सम्मानित हुने श्रष्टाहरुमा डा. अमर शाह, उषा हमाल, एकराज भण्डारी, कमलमणि देवकोटा, केशवराज देवकोटा, डा. कृष्णराज डि.सी., खर्क बहादुर बुढा, छविकिरण वली,जित बहादुर शाह, दामोदर बटुवा, दीपक शर्मा समीर, देवराज आचार्य, नयनराज पाण्डे, नेत्रलाल श्रेष्ठलाई सम्मान गरिएको छ ।

 यस्तै डा. पूर्ण भण्डारी पङ्कज, प्रतीक इच्छुक शर्मा, प्रेम राना, डा. प्रेम योगी, विष्णु शर्मा, डा. मधुसूदन लामिछाने, मनोहर लामिछाने, मोहलाल चन्द, मौसमदास श्रेष्ठ, योगेन्द्र कञ्चन, रमेश क्षितिज र समीर शाह रहेका छन् । 

 सल्यान साहित्य महोत्सव २०७८ कार्तिक १७ अर्थात् भोलि कवि उषा हमाल, डा. कृष्णराज डि.सी.  रमेश क्षितिज, दीपक शर्मा समीर, सुदे सत्याल, रिमा के.सी. यस्तै गजलकार प्रदीप रोदन, भावना लामिछाने, प्रमोद थापा, इन्दिरा अधिकारी साथै मुक्तककार सन्तोष अम्गाई र महावीर विश्वकर्माको प्रस्तुत रहने आयोजक राप्ती साहित्य परिषद् सल्यानले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top