होमपेज / कला/साहित्य
आऊ हामी टिकटक बनाऊ,
राष्ट्रवादको खोल ओढी,
स्वार्थवादको लयमा,,
नाच्दै छमछमी,,
कहिले मार्क्सवादी क्याप्सन,
कहिले समाजवाद क्याप्सन,
कहिले जवज त कहिले जय नरेश,।
जे बोले पनि हुने जे गरे पनि हुने,।
भिवर्स आम्रै हातमा ,कन्टन हाम्रै साथमा।।
कहिले इमोस्नल ब्याक मेल गरौँ,,
कहिले धम्कीले पेलौँ,
दाल नगले दयाको बेल्नाले,,
बेल्नु सम्म बेलौँ
यौँ मौसम अनुकूल छ।
नाटक देखाऊ, नौटङ्की देखाऊ,
महानायक हामी हो राष्ट्र नायक हामी हो।
कहिले सर्वहारा बनौँ,,,
कहिले सर्वमारा बनौँ,,
आखिर टिकटक न हो,,
हात जोर्न जानेकै छौ,
गोडा मल्न जानेकै छौ।
सरम ले समुन्द्र तरे पछि,,।
नैतिकता पाताल भरेपछि।
के खोज्छस् दृष्टिविहीन आँखा।।
जे पनि चल्छ।बजारमा,
जोकले देश चल्छ यहाँ ,
रुखमा भोट हाल्ने जनवादी हुन्छन्।
हँसिया हथौडा मा भोट हाल्न समाजवाद यहाँ ।
चाहे दाइले करेसा बार लगावश,
चाहे छिमेकी ले पधेरोमा पन्छ्याइस्,,
गिफ्ट फ्याँक्न छोड्दैन फ्लोर्सहरु।।
कहिले तिमी हुटिट्याउँ,हामी बकुल्ला,
कहिले हामी हुटिट्याउँ तिमी बकुल्ला,,
लगाऊ फुई झारौँ धक्कु,,
प्रभुकै लीला हो सको मित्र या शत्रु।
दक्षिणी को दक्षिणा,,उत्तरको खाम,
पश्चिम को एमसिसि दुबै लाई माम,,
छोड्न हुन् झोलीको द्यौता,
मोड्नु हुन्न पाइला अन्त,,
जातका कुरा अति नै मिठा,,
धर्ममा भेद को बुझ्ने बबुरा,,
फाँकेर जनमा वादको जालो,,
कुर्दै बसौँ लाइभ आउने पालो।।
गर्दै तमासा ,अनेक अनेक,
भरिन्छ रेकर्ड ले नाथे गिनिजवुक।।
आऊ ,आऊ नगरी विम्ब,
लोकतन्त्र को आइडीमा टिकटक बनाऊँ।
भक्तलाई हसाउ,
भक्तिलाई नचाऊँ,,
कालो लाई सेतो,
सेतोलाई कालो,
सुनलाई पित्त
भुँडीलाई शीतल,,
हामी नै सर्वशक्तिमान् हो।
त्यसैले त,
आऊ टिकट बनाऊँ,,
टिकटक बनाऊँ





.jpg)