होमपेज / कला/साहित्य
आफूलाई कृष्णझै, ठान्नुपूर्व राधाको, अगाडी !
जाउ एकपटक उभिएर हेर ऐनाको, अगाडी !!
चाहे त्यो भगवानको रूप लिएर किन नआओस्,
सानो नै हुन्छ, जन्म दिने बा आमाको, अगाडी !!
प्रेमिकाले छोड्दैमा, प्रेमीले आत्महत्या गरेछ !
कसैको केही लागेन, चोखो मायाको अगाडी !!
न दोषीले सजाय पाउँछ, न त निर्दोषीले न्याय !
ऐन कानुन नै लाचार छ यहाँ, पैसाको अगाडी !!
खै के पाउने आसमा हो, मैले केही बुझ्नै सकिँन !
कोही पूजा गर्दैथिए हात जोडी ढुङ्गाको अगाडी !





.jpg)