होमपेज / कला/साहित्य
किन? यहाँ दुःखीलाई नै दुःख बारम्बार छ!
हैन, कि त मेरो आफ्नै अभागी, निधार छ??
विकास पनि, कहाँबाट होस्, त मेरो देशमा!
युवा शक्ति जति सारा साउँदी,दुबै,कतार छ!!
भन आमा, म शान्ति खोज्दै कहाँ जाऊँ अब?
बुद्ध जन्मेकै देशमा हत्याहिंसा काटमार छ!!
हो आखिर सबैभन्दा ठुलो त पैसा न रहेछ!
पैसाको सामु यहाँ ऐन कानुन नै लाचार छ!!
न दोषीले सजाय पाउँछ न निर्दोषीले न्याय,
कसरी भनूँ म मेरो देशमा पनि, सरकार छ!!





.jpg)