होमपेज / कला/साहित्य
नयाँ मान्छे नयाँ सेरोफेरो कस्तो होला !
अब मैले गर्ने पानी पँधेरो कस्तो होला !
कयौँ प्यारको अवसान अकालमै हुन्छ ।
कोही बत्ताऊ न भाग्य मेरो कस्तो होला !
सोच्यो,नछोड्दै मुटु भक्कानेर आउँछ ।
छोड्दा माइतीको मझेरो कस्तो होला !
बाबाआमा थिए सधैँ सजिलो आइपर्यो ।
तिमीसँग ज्यादै छु अप्ठेरो कस्तो होला !
म छु र झिसमिसेमै गर्छु सधैँ लिपपोत ।
आमा,म नभए यो कटेरो कस्तो होला ?





.jpg)