होमपेज / कला/साहित्य
पहिरनमा पनि रङ्गिबिरङ्गि प्रचुर देखिदैन !
किन आमाको सिँउदोमा सिन्दुर देखिदैन ?
बोलावटमा हजुर नलाए सजाय पाउछु म ।
मालिकले जिब्रो छिने पनि कसुर देखिदैन !
हेर त कुवा मात्रै पुरेको रहेन्छ यो सडकले ।
पाखापारी कचुर देखिदैन टिम्मुर देखिदैन !
मेरो सिस्ने बाट देखिन्छ हेर मनासुल पनि ।
तिम्रो पो ललितपुरबाट कीर्तिपुर देखिदैन !
उनले मलाई बिर्सनु भनिन मैले हुन्छ भने ।
यो सम्झौतामा यो आँखा मन्जुर देखिदैन !





.jpg)