होमपेज / कला/साहित्य
कठै भन्दै अब पानी छम्केर कस्को के लाग्छ !
खरानी भैसक्यो दिल जलेर कस्को के लाग्छ !
म होइन ऊ सम्झेर दिनहुँ रोइरहने आँखा हो ।
मलाई नरौं रूनु हुँदैन भनेर कस्को के लाग्छ !
तिमी राजधानीकि हौं,अभाव झेल्न नसकेर ।
गए पनि मेरो कर्णाली तरेर कस्को के लाग्छ !
दौलत ठूलो ठान्ने मान्छेसङ्ग मनमुटु साटियो ।
म गरिब थिए गइन छोडेर कस्को के लाग्छ !
उस्कै इसारामा चलिरहे छ देशको इजलास ।
ऊ हिड्यो हाम्रो घाँटी रेटेर कस्को के लाग्छ !