होमपेज / कला/साहित्य
प्रतिगामीले जितेको देख्नुभएको छ ?
असंवैधानिक कदमले जितेको देख्नुभएको छ ?
अलोकतान्त्रिक चरित्रले जितेको देख्नुभएको छ ?
सनकलालले इतिहासमा जितेको देख्नुभएको छ ?
दम्भ र अहंकारले कहिल्यै जितेको देख्नुभएको छ ?
कू राजनीति गर्ने फटाहरुले जितेको देख्नुभएको छ ?
दलाल र भ्रष्टहरुले जितेको देख्नुभएको छ ?
प्रतिक्रियावादी र दक्षिणपन्थिहरुले जितेको देख्नुभएको छ ?
जनताको जनमत उलंघन गर्नेहरुले जितेको देख्नुभएको छ ?
रास्ट्र विरोधी नोकरशाहीहरुले जितेको देख्नुभएको छ ?
विधि र प्रक्रिया विरोधीहरुले जितेको देख्नुभएको छ ?
फूटवादी बदमासहरुले कहिल्यै जितेको देख्नुभएको छ ?
झुट र कपटपूर्ण तर्कले कसैले जितेको देख्नुभएको छ ?
कर्म नगरी गफ चुटेर देश बनेको कतै देख्नुभएको छ ?
महाकाली बेचेर सार्वभौमसत्ताले जितेको देख्नुभएको छ ?
हामी नेपालीहरु इतिहासमा स्वाधीन भएको देख्नुभएको छ ?
प्रतिगमनका मतियारहरुले कहिल्यै जितेको देख्नुभएको छ ?
चोरले तिन घर छोडेर चोरेको देख्नुभएको छैन र ?
तानाशाह अनि हिटलरले जितेको देख्नुभएको छ र ?
नयाँ जङ्गबहादुर प्रवृत्तिले संसारमा जितेको देख्नुभएको छ ?





.jpg)