होमपेज / कला/साहित्य
फिनीको खोस्टामा बिक्ने तिम्रो तिहार
मखमली मालामा सजाएर
बेसरी पुल्पुलयाएको छ,
ओखर फुटाएर आयु बढछ भन्दै
कू जाल बुनिएको छ,
स्याउली बजारको भट्टटीमा दिनदहाडै
देउसी भैलोमा रमाएर
तिम्रो हैसियत र अस्मितामा
धावा बोलिएको छ ,
अंशको मालिक नबनाएर तिमिलाई
चेतनाको ज्योतिबाट
धेरै दूर धकेलिएको छ ,
पराइ घरको जात ठानी
न्याय ,समानता र स्वतन्त्रताको खिलापमा
कम्मर कसेर न्वारानको बल लगाएको छ,
नागरिकतामा तिम्रो नाम राख्ने प्रावधानलाई समेत
बेसरी लत्याएर
मस्तिष्कमा आगो ठोसिएको छ ,
तसर्थ ,
टिकाको नाममा
तिम्रो अंश खोसिएको छ,
पराइ घरको जात ठानिएको छ,
मस्तिष्कमा आगो ठोसिएको छ,
चेतनामा बिर्को लगाएको छ ,
अस्मिता लुटिएको छ,
स्वतन्त्रता खोसिएको छ,
कठै !
तिहारकी मेरी दिदी !





.jpg)