होमपेज / कला/साहित्य
दोषी औजार हैन औजार धारले सुसज्जित थियो
तिमी आफैं चुक्यौ यो घाँटी रेटिन उत्साहित थियो ।
सिकायो बाुको मृत्युले,मर्दैमा ऋण मिनाहा हुँदैन
मसानघाटमा साहु तमसुक लिएर उपस्थित थियो ।
भोका बासिन्दा बोकेर हिड्यो बस्ती छिरेको बाढी
सकियो बाँधको सकस सरकार लाभान्वित थियो ।
गम्भीर हुँदै बाहिरियो जुत्ताको मुल्य सुनेर ग्राहक
साहुजी,ग्राहकको कुर्कुचा देखेर अचम्मित थियो ।
को नियुक्ति गरौँ ? सिफारिस गर्नोस्। त्यहीँ गर्छु म
यो गरौँ यो अस्ति हाम्रो जुलुसमा सम्मिलित थियो ।





.jpg)