ट्रेण्डिङ

होमपेज / कला/साहित्य

क्षामताको कदर नहुने देशमा, पास गरेर पनि के गर्नु डिग्री

गजल

  सल्यान खबर डेस्क २०७७ आश्विन १६ गते शुक्रबार १९:३०:१५ मा प्रकाशित

कहिले मनमा डढेलो लाग्छ कहिले आँखामा बर्सात लाग्छ
मनको यी करिब सजाएर राखेका मान्छे बाटै  घात लाग्छ

कसरी भनौँ समाज  परिवर्तन  भयो  देशले मूर्तरूप लियो
युग परिवर्तन भई सक्दा पनि मान्छे मान्छे बिच जात लाग्छ

क्षामताको कदर नहुने देशमा, पास गरेर पनि के गर्नु डिग्री
खाना पनि सानो जागिर नातावाद लाग्छ,पुजीबात लाग्छ।

चेक चाँज गराउन  हेलिकप्टरमा  सहर छिर्नुहुन्छ मुखिया बा
मर्ने निमुखाहरू न हो कसैलाई दिन लाग्छ कसैलाई रात लाग्छ

बा खस्नु भो,भाइ अलग भयो लगतै दुस्मनले आक्रमण गर्‍यो
घर पनि बाढीले यै बेला लग्यो यो सङ्कट पनि अकस्मात् लाग्छ

प्रतिक्रिया

सम्बन्धित खवर

Top