ट्रेण्डिङ

होमपेज / कला/साहित्य

फेरिएको मेरो गाउँ

कविता

  सल्यान खबर डेस्क २०७७ आश्विन १५ गते बिहीबार २१:०४:२२ मा प्रकाशित

मर्म,स्वीकोट,कालागाउँ ,बडागाउँ र जिमाली
संघीयताको आगमन सँगै 
कुमाख गाउँपालिकामा परिणत भएको छ
शोषण ,दमन र अत्याचारका विराशतहरु भत्किएर
आज पुनः एकपटक 
मेरो गाउँ फेरिएको छ।
कुमाख लेकको टुप्पोमा पुग्दा 
सल्यानका थुप्रै बस्तीहरु च्याउन सकिन्छ 
जिमाली खोलाबाट पौडिदै
त्रिबेणीमा विश्राम  गरेर
कालागाउँ अनि बडागाउँ देख्न सकिन्छ 
साँच्चै
 मेरो गाउँ फेरिएको छ।।
मर्म खोलीसँग सुसाउँदै
भेरी नदीमा बगिरहँदा
टाटके,नेटा,खाप्ले,चिनाली अनि गुरुदासेका
दुर्गम बस्तीहरु आँखामा घुमिरहदा
भेरी नदीमा बेहोस भइ 
म आफैं गुमनाम हुन्छु 
त्यसैले त
मेरो गाउँ फेरिएको छ।।।
ढिकी जाँतोमा बिहानै लपेटिएका आमाहरु
बिजुलीको स्वीच अन गर्दै 
मिलन चोकबाट गाडीमा हुँकिएर
वाक वाक गर्दै चोरपानीमा झरी
निन्यारो मुख लगाएर
कुमाखबाट आएको चिसो हावामा विलीन भई 
प्रकृतिसँग लुकामारी गर्दै 
विकास र शान्तिको सास फेर्छन 
त्यसैले त 
मेरो गाउँ फेरिएको छ।।।।
मुक्ति आन्दोलनमा सयौं छोराछोरीहरुले
रगतको भेटी चढाएर
कुमाखी आस्था र निडरताको परिचयमा
न्याय ,समानता र स्वतन्त्रताको गीत गाउँदै
क्रान्ति ,सघंर्ष र बलिदानको त्रिबेणीमा
निरन्तर व्यवस्था परिवर्तनको नजरमा 
सदैव 
मेरो गाउँ फेरिएको छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top