ट्रेण्डिङ

होमपेज / कला/साहित्य

जातिय अहंकार अनि दम्भले छिया छिया हुन्छ खाल्डोतिर

  सल्यान खबर डेस्क २०७७ आश्विन २ गते शुक्रबार १२:०३:१२ मा प्रकाशित

एउटा अनिष्ट कहाली लाग्दो मुक एकता छ खाल्डोतिर
यता गिद्दे दृष्टि उता हावादारी बहस छ खाल्डोतिर
                  
गफ अनि कोरोनाको भट्टीमा पदलाई राखेर फुइँछ खाल्डोतिर
तिम्रो भ्रष्टाचार विरुद्धको अभियान खरानी बन्दैछ खाल्डोतिर
                    
कठपुतलीको चेहरा अनि उज्यालो चमक देखिन्छ खाल्डोतिर
तिमी आफू अनि आफनैलाई राजा देख्ने चलन छ खाल्डोतिर 
                     
रङ्गीन फूल अनि रातीको अन्तिम भोजमा जुटे हुन्छ खाल्डोतिर
जातिय अहंकार अनि दम्भले छिया- छिया हुन्छ खाल्डोतिर ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top