ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सत्यको पक्षधर योद्धाहरु तयार पार्दै

कविता

  सल्यान खबर डेस्क २०७७ भाद्र १७ गते बुधबार १३:३९:०० मा प्रकाशित

अचेतन मनमा चेतनाको बिजारोपन गर्दै,
अनपढ बस्तीमा ज्ञानको ज्योति छर्दै,
लम्केको यात्री हु म साथी,
कयौं घुम्ती यात्राका मोड अनेक अनेक ।
म बन्न सकुं असल शिक्षक ।
सत्य रअसत्य बीचको महायूद्धमा
सत्यको पक्षधर योद्धाहरु तयार पार्दै ,
कलमको हलो बनाएर अक्षरको खेति गर्न सिकाउदै,
बाटो बिराएकालाई बाटो देखाउनु छ ।
माटो बिर्सेकालाई माटो सम्झाउनु छ ।
बनाउनु छ मैले, अनेकतामा एक ।
म बन्न सकुं असल शिक्षक ।
निदाएकालाई बिउझादै,बिउझेकालाई हिडाउदै,
हिडेकालाई दौडाउदै,
देशको असल नागरिक बनाउनु छ ।
सत्य र इमान्दारीताको भएर रक्षक ।
म बन्न सकुं असल शिक्षक ।
जीवन र जगतको भाषा परिभाषा भित्र ,
जीवन जिउने कला सिकाउदै,
विश्व बन्धुत्वको भावना जगाउदै ,
शान्ति सद्भाव र सहअस्तित्वमा लाग्नु छ एकएक
म बन्न सकुं असल शिक्षक ।।

प्रतिक्रिया

सम्बन्धित खवर

Top