ट्रेण्डिङ

होमपेज / कला/साहित्य

भगवान अस्पतालमा छन, मन्दिरमा के खोज्छन् होला !

गजल

  सल्यान खबर डेस्क २०७७ भाद्र ८ गते सोमबार १५:१२:३० मा प्रकाशित

झारफुक देविदेवता भाकेर हुदैन के बुझ्छन् होला !
भगवान अस्पतालमा छन, मन्दिरमा के खोज्छन् होला !

जस्को लागि आफ्नो प्राण दाउमा राख्छन डाक्टरहरु
उनैले गर्धनमा तरवार राख्छन, के सोच्छन होला !

कोरोना लागेकालाई गाउँ निकाला गर्नुपर्छ भन्नेहरू
आफुलाई लागे घर वा मसानघाट,के रोज्छन होला !

कोरोनाले तर्साउछ कहिले, बिरामिले तर्साउछन डाक्टरलाई
छोरि बुबु भन्दै फोनमा रुन्छिन, नर्स राती के सुत्छन होला !

प्रतिक्रिया

सम्बन्धित खवर

Top