ट्रेण्डिङ

होमपेज / कला/साहित्य

कोरोना तिमिले ठुलै बिभेद चै गर्‍यौ 

गजल

  सल्यान खबर डेस्क २०७७ भाद्र ७ गते आइतबार ०८:४५:३५ मा प्रकाशित

कोरणा तिम्ले तुफानि त्रास बोकेर आयौ 
बिश्वमा लाखौंको ज्यानैलिने दुश्कर्म गर्‍यौ । 

तिम्रै कारण बिश्वकै अर्थतन्त्र चौपट् भयो
बाँकि जीबितहरु पनि निराशैमा जीवन जिउने भए ।

तिमिलाई नटेर्नेहरु कोहि करोडपति बने
कोहि भने तिम्रो डरले महा कङ्गाल बने ।

तिम्रै निहुँमा कसैले करोडौंको दाउ लगाए
कसैले भने तिम्रै प्रचारमा करोडौं पचाए।

कसैलाइ स्वर्णिम अबसर दिएर आयौ 
कसैलाई मात्र गरिबि रअभाब दिन आयौ ।

कोरोना तिमिले ठुलै बिभेद चै गर्‍यौ 
कसैलाइ ठुलै दाउ लगायौ । 

कोहि कोहिको ठुलै भाउ बढायौ 
विद्यार्थीको शैक्षिक बर्बादी बनायौ 
किसान र मजदुरलाई ऋणको भारी बोकायौ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top