होमपेज / कला/साहित्य
भ्रष्टाचारीले खाएको पाउँदा आएन केहि सत्ताधारीबाट
यहीँ प्रस्न गरेका छन् बिचारा ती शहिदले चिहानघारी बाट
साँचिकै माक्सको बिचार आनि बानी र व्यबहारमा हुनु पर्छ
हुदैन् पालेरमात्र स्टालिनको कपाल हेगेलको जुङ्गा र दारीबाट
उहिले सामान्तको गु मुत सोरेर खुबै चाकरी गर्दै हिड्ने चम्चा
तर पछि तिम्रो थालिम खसेको होनि पुँजीवादीको अल्मारीबाट
गरिब निमुखा र चिया पनि दिन नसक्नेको भन्दा टाढा हुने भए
जाउ खोजेर ल्याइदेउ जो हराएका हुन युद्धमा खेत र वारिबाट
जिन्दगीमा घाम पानी असिना हावा हुरि जे जस्तो चले पनि हेर
चिया पानीले काम पूरा गर्ने आट आउदैन यो इन्द्र भण्डारी बाट





.jpg)