होमपेज / कला/साहित्य
भत्किन लागेको घरलाई अड्याउने खम्बा बन तिमी
डुबानमा पर्न लागेको बस्तिलाई छेक्ने बाँध बन तिमी
दुनियाँ ढुङ्गा जस्तो पत्थर बन्दै जाओस् तर नौनी बन् तिमी
खडेरी बनेर सारा सखाप पार्न खोजे पनि शितलता देऊ तिमी
अभावमा परेको मान्छेलाई साथ दिने साहारा बन तिमी ।
आफू उजाड मरुभूमिमा भए पनि छाँया दिने रूख बन तिमी
आफ्नो मुटु जलाएर पनि खुशी दिने सबैको खुशी बन तिमी
सफलतामा हैनअसफलतामा पनि खुशी हुने मानव बन तिमी
संघर्ष नै जीवन हो भनि संघर्षमा जीउने जीवन बन तिमी ।
दुस्खीको आँखामा रहेकोआँसु पखाल्ने पानी बन तिमी
औंसीलाई पनि पूर्णिमा बनाउन सक्ने जून बन तिमी
सुखमा मात्रै हैन वैरी भएपनि दुस्ख साथ दिने साथी बन तिमी
दुस्खीको बह पोख्ने सबैको साधन बनेर आऊ तिमी
हाँस्नेलाई मात्रै हैन रुनेलाई हँसाउन सक्ने पात्र बन तिमी ।
विगतको घाउमा मलम लगाएर नयाँ जीवन जिउदै जाऊ तिमी
कालो इतिहास दोह(याउनेलाई माफ दिदै उदारवादी बन तिमी
हरेक कुरालाई सकारात्मक तरीकाले सोच्दै जाऊ तिमी
सोच्नेले जे सोचुन तर पनि कसैलाई कुदृष्टिले नहेर तिमी ।
तिम्रो छातिमा जस्तोसुकै बज्र परे पनि सहदै जाऊ तिमी
शरण पर्न आउनेलाई प्रायश्चित गर्दै जाऊ तिमी
अरुले मुटु चिर्ने वचन लगाउँदा पनि मुक भएर बस तिमी
समयले आफै फिर्ता दिदै जान्छ सहदै जाऊ तिमी ।
सहजमा सबै ओर्लन्छन असहजतामा ओर्लने झरणा बन तिमी
तिमीलाई दुश्मनी सोच्नेलाई पनि आत्मीय मित्र बनाऊ तिमी
चट्टान जस्तो हैन सदैव नौनी बनेर सबैको सामु आऊ तिमी
तिमी महान छौ सबैको सामु यस्तै महानता देखाउदै जाऊ तिमी
महान बनेर महानता देखाउदै अगाडी बढदै जाऊ तिमी ।





.jpg)