ट्रेण्डिङ

होमपेज / कला/साहित्य

कसरी सुनाउनु साध्य हुदैन पुँजीवादको शोषण

गजल

  सल्यान खबर डेस्क २०७७ श्रावण २८ गते बुधबार १६:२१:४६ मा प्रकाशित

ऊ फूल,म काँडा भिन्नता देखिनु स्वभाविक हो !
मन्दिर जानेले फूलकै चासो लिनु स्वभाविक हो !

कसरी सुनाउनु साध्य हुदैन पुँजीवादको शोषण ।
के यो सर्वहारा वर्गको घाँटी रेटिनु स्वभाविक हो ?

चुहिने घरमा बसेर भिज्नुको दुखेसो पटक्कै हैन ।
आफ्नो सिजनमा यो झरि दर्किनु स्वभाविक हो !

मित्र,केही बर्ष सम्म दिलमा बसेको मान्छे हो ऊ ।
अचेल अर्कैको भए पनि सम्झिनु स्वभाविक हो !

जोडेकै रबरको जस्तो सम्बन्ध हो के धिक्कार्छौ ।
तान्दासम्म तन्किनु छोडे खुम्चिनु स्वभाविक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top