होमपेज / कला/साहित्य
असामिहरुको हातमा उस्तै महंगो तमसुक भेटियो ।
साहारा दिने त्यो न्यायको हत्केलामा नुनचुक भेटियो ।
छतिस प्रतिशत ब्याज तिर्ना छोरोले राहादानी बोक्यो
तर पिडाले आमा घरमा बित्दा न पिन्ड न मुख भेटियो।
आयो गणतन्त्र भनेर देशका बाउहरुले मुस्कुराउन लगाय
ब्यकार रहेछ हाम्रो लागी नअमनचयन न सुख भेटियो ।
यदि स्वर्ग हुने भय माओ, मदन र बि पि दुखी छ्न होला
किनकि उनिहरुको सिद्धान्त अनुसरनमा अपुग भेटियो
आफ्नो तुमडि भर्ने बाहेक अरु जन्ताको लागी सोच्ने हेर
यो मेरो सुन्दर देशमा नहसिया नसुर्य नकुनै रुख भेटियो।





.jpg)