ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कपुरकोट गाउपालिका  पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 

  सल्यान खबर डेस्क २०८३ जेठ ९ गते शनिबार १८:५५:२७ मा प्रकाशित

जेठ ९,सल्यान 
सल्यानको कपुरकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिका भित्रका १ हजार २ सय ६३ बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपश्चात शनिबार एक कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो । 

 कपुरकोट गाउपालिका भित्रका ० देखि १५ महिनाका जम्मा ३१९ जना, १६ देखि ५९ महिनाका जम्मा ९४३ जना नियमित खोप सेसन मार्फत  र खोज र खोप कार्यक्रम  अन्तर्गत १६ देखि ५९ महिना भित्रको १ जना बच्चाले दादुरा सेकेन्ड र टाईफाईड खोप  पाएका छन् ।  १ हजार २ सय ६३ जना बालबालिकाले पाउनु पर्ने सम्पुर्ण खोप पाएसँगै  कपुरकोट गाउपालिकालाई जिल्लाको दोस्रो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको कपुरकोट गाउपालिका  स्वास्थ्य शाखा प्रमुख सुबास हमालले जानकारी दिनु भयो । 
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा स्वास्थ सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले लक्षित उम्मेर समुहका सम्पुर्ण बालबालिका नेपाल सरकारले प्रदान गर्ने सम्पुर्ण  गुणस्तरीय खोपहरु  पाउनु नैसर्गिक अधिकार भएको बताउनु भयो ।  

जिल्ला समन्वय समितिका उप प्रमुख असबिर बुढाथोकीले खोपको वर्तमान अवस्था, स्थानीय तहका चुनौति र सफलताका बारेमा प्रष्ट पार्दै  पालिका स्तरमा फिल्डमा खटिने कर्मचारिहरुलाई बिशेष धन्यवाद  दिनु भयो । 
कपुरकोट गाउपालिका उपाध्यक्ष प्रकाश भन्डारीले  पूर्णखोप सुनिश्चितता र दिगोपना रणनीति, घरधुरी सर्वेक्षणका वैधानिककरण र प्रमाणीकरणका चरणहरू ,सुलभ तथा नमुना सर्वेक्षणका चरण तथा प्रक्रियाहरू, पूरा गरिएको बताउनु भयो । 

 गाउँपालिका अध्यक्ष तथा कपुरकोट गाउँपालिक खोप समन्वय समिती अध्यक्ष दुर्गा बहादुर पुनले कपुरकोट गाउँपालिकालाई जिल्लाकै दोस्रो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सफल पार्नका लागि पूर्णखोप समितिका काम कर्तव्य र अधिकार लाई टेक्दै  पूर्ण खोपसँग सम्बन्धित  सर्वेक्षण र अन्य क्रियाकलापहरूका अभिलेखीकरण तथा प्रतिवेदन तयार गरिएको बताउनु भयो । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top