होमपेज / अपराध
चैत ७,सल्यान
बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स तोडफोड तथा चालकमागि आक्रमण प्रयास गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एम्बुलेन्स तोडफोड गरेको आरोपमा सुर्खेत भेरीगंगा नगरपालिका–११ का २० वर्षीय प्रबिण गहतराज, १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गए राति करिब सुर्खेतको भेरीगंगा नगरपालिका–११ सादिखोलामा रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएको गएको सल्यान कुमाख गाउँपालिकाको एम्बुलेन्सलाई मदिरा सेवन गरेका ५÷६ जनाको समूहले रोकेर चालकमाथि हातपात गर्ने प्रयास गरेका थिए ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





.jpg)