होमपेज / अपराध
माघ २२
न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ४६ वर्षीय चन्द्र बहादुर बुढाथोकी र ३३ वर्षीय टोप बहादुर सेजवाल छन् ।
उनीहरुले खड्गराज गिरी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागी न्युजील्याण्ड पठाउँछु भनेर ११ लाख ५० हजार ठगेको आरोप छ । आरोपीहरुले प्रतिव्यक्ति १० लाख लाग्ने र त्यहाँ मासिक दुई लाख कमाई हुने आश्वासन दिएका थिए ।
रकम लिएपछि उनीहरु सम्पर्क विहीन भएका हुन् । उनीहरुलाई बानेश्वरबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
रातोपाटी