होमपेज / अपराध
पुस २९,सल्यान
६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिकाकी ६वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।
किशोरले बालिकालाई मोबाइल चलाउन दिन्छु, चुइगम दिन्छु ललाई फकाई गरी आफ्नै घरमा लगी गत पुष ७ गते बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पिडित बालिकाका आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । पक्राउमा परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको उहाँको भनाई छ । आइतबार नै जिल्ला अदालत सल्यानबाट म्पाँच दिनको याद थप गरेर घटनाको थप अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ ।





.jpg)