ट्रेण्डिङ

होमपेज / अर्थ

शारदा नगरपालिकामा ४९ करोडको बजेट

  सरिता चलाउने २०७७ असार १० गते बुधबार १५:१२:३० मा प्रकाशित

सरिता चलाउने असार १०, सल्यान 
सल्यानको शारदा नगरपालिकाले आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम  तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौं नगर सभाबाट प्रस्तुत नीति तथा कार्यक्रमको बुधकार एक कार्यक्रमका बिच सार्वजनिकीकरण गरिएको हो । 

समृद्ध समुन्नत तथा विकसित शारदा नगर, सक्षम नगरबासी भन्ने मुल सोचका साथ स्वास्थ्य, कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएको छ ।  महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण भारत लगायत अन्य क्षेत्रबाट रोजगारी गुमाइ गाउँपालिका फर्किएर आएका व्यक्तिहरुको अभिलेख तयार गरी उक्त अभिलेख भित्र रहेका तथा विपन्न बेरोजगारहरुको लागि स्थानीय स्तरमा रोजगारी श्रृजना गर्ने नीति नगरपालिकाले जनाएको छ । 
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ९९ लाख, १२ हजार ५ सय १० बजेट सार्वजनिक गरेको छ । 
नगरपालिकाले स्वास्थ्य तर्फ २ करोडको बजेट विनियोजन गरेको छ । उपमेयर सावित्रा बस्नेतले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै दुई करोड बजेट विनियोजन गरिएको बताइन । 

यस्तै कृषि तर्फ १ करोड ५० लाख, शिक्षामा १ करोड ५० लाख, पशु विकास तर्फ ७५ लाख, राहत ५० लाख, क्रमागत योजनामा ४ करोड, महिला तथा बालबालिका जेष्ठ नागरिक १० लाख बजेट विनियोजन गरिएको बस्नेतको भनाई छ । 
यस्तै खेलकुुद तर्फ १ करोड , युवा लक्षित कार्यक्रम तर्फ  ८० लाख जेण्डर तर्फ ५ लाख बजेट विनियोजन गरिएको छ । 

स्वास्थ्य

कोरोना भाइरसले वैदेशिक रोजगारी गुमाएका विपश्न्न गरिब जन समुदायलाई रोजगारी उपलब्ध गराउने, नगरबासी तथा गरिब पिछडिएका र सिमान्तकृत वर्गसम्म स्वास्थ्य पहुँच अभिवृद्धि गर्ने, आकस्मिक स्वास्थ्य समस्यालाई रोकथाम र निन्त्रयण गर्न रणनिती गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 यस्तै १५ वटै वडाका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई समयानुकुल सुविधामा वृद्धि गर्ने, १५ वटै वडाहरुमा बसोबास गर्ने जेष्ठ नागरिक तथा शारिरि अपांगता भएकाहरुलाई स्वास्थ्यकर्मीहरुद्धारा घरदैलो मै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने उल्लेख गरिएको छ । 

कृषि 

कृषि उत्पादनमा आत्म निर्भरता उन्मुख बनाउने नीति नगरपालिकाले लिएको छ । आकाशे पानी संकलन प्रविधिमा जोड, मकै विउ उत्पादन ब्लकको रुपमा विकास, विषादी रहित तरकारी उत्पादनमा जोड, भिरालो जमिनमा गह्रा सुधार , साना सिँचाई तथा पानी संकलन प्रविधिलाई व्यापक बनाइने उल्लेख गरिएको छ । 

शिक्षा 

आधारभुत तथा माध्यमिक शिक्षामा गुणस्तरता ल्याई निःशुल्क र अनिवार्य गर्ने र प्राविधिक शिक्षामा जोड, शैक्षिक बेरोजगारी व्यवस्थापन गर्न सिपमुलक तालिम , प्रारम्भिक बाल विकासका शिक्षकहरुलाई प्रोत्साहनको लागि व्यवस्था गर्ने उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top