होमपेज / अर्थ
सरिता चलाउने जेठ २५, सल्यान
कोरोना भाइरस (कोभिड १९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा स्थानीय पालिकाहरुले स्थापना गरेको कोराना राहत कोषमा सहयोग गर्ने क्रम बढी रहेको छ । कोरोना विरुद्ध सामुहिक सहकार्य, सहयोग र समन्वय आवश्यक पर्ने भन्दै विभिन्न दाताहरुले कोराना कोषमा सहयोग गर्ने क्रम चली रहेको हो ।
विभिन्न सहयोगी दाताहरुले सहयोग गर्ने क्रममा आज (आइतबार) दलित विकास समाजले शारदा नगरपालिका सल्यानलाई रु दश हजार सहयोग गरेको छ । दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीलाई चेक हस्तान्तरण गरेका हुन् ।
संकटको घडीमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट नगद तथा जिन्सी सहयोग हुदै आइरहेको मेयर अधिकारीले बताए । उनका अनुसार आइतबारसम्म ४ लाख २९ हजार६ सय ६७ रुपैया नगद सहयोग प्राप्त भएको छ ।
यस्तै मेडिकल सामाग्री तर्फ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानबाट ४० थान कम्बल, ३ थान त्रिपाल, ६ थान बाल्टिन र १० थान साबुन सहयोग भएको छ भने शारदा नगरपालिकाका शंकर डाँगीबाट ५ थान सेनिटाइजर, २५ थान मास्क, २५ थात ग्लोब, १० थान पीपिइ, ५० थान सर्जिकल सामान र फुटकर ५ सामाग्री हस्तान्तरण गरेका छन् ।
खाद्यन्न तर्फ अहिलेसम्म २ सय ७७ बोरा चामल, ९ सय ५८ किलो दाल, २ सय ३८ लिटर तेल, ४ सय ८० पाकेट नुन, ३२ थान साबुन सहयोग भएको छ ।
कोरोना भाइरसको जोखिम हुन नदिन नगरले विभिन्न सचेतनाका साथै जारी लदकडाउनबाट समस्यामा परेकालाई राहत वितरण गर्दै आइरहेको मेयर अधिकारीले बताए ।





.jpg)