होमपेज / अर्थ
सरिता चलाउने जेठ ११ २०७७, सल्यान
कोरोना भाइरस संक्रमण रोकथामका लागि सल्यानको शारदा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेसँगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुने क्रम बढी रहेको छ ।
नगरपालिकाले कोषमा सघाउन आह्वान गरेपछि उद्योगी, व्यापारी, बैंक तथा वित्तिय संस्था, गैरआवासिय नेपाली, विभिन्न सामाजिक संघसंस्थाहरुले सहयोग गर्दै आइरहेका छन् ।
कोषमा सहयोग गर्ने क्रममा आइतबार दश हजार ६ सय ७५ रुपैया जम्मा भएको छ । नेपाल लघुवित्त वित्तिय संस्थाले उक्त रकम उपलब्ध गराएको हो ।
बन्दाबन्दीका कारण उत्पन्न असहज परिस्थिति र त्यसबाट श्रमजिवि वर्गमा पर्न गएको अप्ठ्यारोलाई सहयोग गर्न विपद् कोषमा सहयोग गरेको सस्थाले जनाएको छ । सहयोग रकम बुझ्दै मेयर सुरेश अधिकारीले अप्ठ्यारो अवस्थामा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदै अन्य दाताहरुर्ला पनि सहयोग गर्न अनुरोध गरेका छन् ।
विभिन्न निकायले कोष खडा गरेर सरकारलाई सहयोग गर्न थालनी गरेका छन्। कोरोना संक्रमण महामारीविरुद्ध लड्न, उपचारमा सघाउन, आवश्यकताअनुसार उपकरण तथा औषधियुक्त सामग्री खरिद गर्न स्थानीय सरकारले कोष स्थापना गरेको थियो।





.jpg)