होमपेज / अर्थ
सरिता चलाउने वैशाख २५, सल्यान
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा शारदा नगरपालिका ले सञ्चालन गरेको कोरोना विपद् कोषमा राहत जुट्ने क्रम चली रहेको छ ।
कोरोना भाइरस विरुद्ध लड्न आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न गरेको आग्रहमा राहत जुटने क्रम चली रहेको हो ।
राहत जुट्ने क्रममा बिहिबार अधिकारी बन्धु पोलिक्लिनिक प्राली श्रीनगर सल्यानले राहत उपलव्ध गराएकोछ। प्रालिका प्रोपराइटर घनश्याम अधिकारी र पबित्रा ढकालले नगर प्रमुख सुरेश अधिकारी लाई राहत सामग्री उपलव्ध गराका हुन ।उनले २५ केजि तौल भएका २० बोरा चामल दिएका छन् ।
राहत सहयोग बुझदै मेयर सुरेश अधिकारीले समस्याका अघिमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिए । विभिन्न दाताहरुबाट संकलन भएको राहत लक्षित वर्गसम्म पु¥याइने बताए ।





.jpg)