होमपेज / अर्थ
वैशाख १०, सल्यान
शारदा नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दाताहरुकाट सहयोग आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।
कोभिड १९ का कारण सरकारले गरेको बन्दाबन्दी र त्यसबाट उत्पन्न हुनसक्ने समस्या लाई समाधान गर्न स्थापित शारदा नगरपालिकाको बिपद ब्यवस्थापन कोषमा दाता हरुवाट सहयोग आउने क्रम जारी रहेको जनाएको हो ।
बुधवार शारदा नगरपालिका वडा नम्बर २ मा रहेको कुमारी बैङ्क शाखाले ५० हजार रुपैया बराबरको खाध्यान्न र कार्यरत कर्मचारी हरुको तर्फ बाट ५ हजार रुपैया सहयोग गरेकोछ।खाद्यान्न सहयोग अन्तर्गत चामल,दाल,नुन,तेल र साबुन रहेकाछन।
सहयोग गर्ने कुमारी बैङ्क लाई धन्यवाद दिदै नगर प्रमुख सुरेश अधिकारिले समस्यामा परेका मानिस लाई सहयोग गर्नु सबैको कर्तव्य रहेको भन्दै अझै सहयोग गर्न सवैमा अनुरोध गरे ।
यसैबिच,शारदा नगरपालिकाले नेपाल बैङ्क लिमिटेड सल्यान शाखामा रहेको नगरको प्रकोप ब्यवस्थापन कोषको नया खाता नम्बर जारी गरेको छ।राहतकोषमा सहयोग गर्न चाहने सङ्घ सस्था र व्यक्तीहरुले 07403000007002000001 मा नगद जम्मा गर्न सकिने मेयर सुरेश अधिकारीले बताए ।





.jpg)