होमपेज / अर्थ
सरिता चलाउने सल्यान, वैशाख १०
सल्यानको शारदा नगरपालिकाले स्थापना गरेको राहत कोषमा जागृत वचत तथा ऋण सहकारी सस्था लिमिटेडले सहयोग गरेको छ ।
कोभिड १९ का कारण देशमा जारी बन्दाबन्दी र त्यसबाट उत्पन्न हुने संकटलाई समाधान गर्न नगरपालिकाले स्थापना गरेको राहत कोषमा शारदा नगरपालीका वडा नम्बर ४ मा रहेको जागृत वचत तथा ऋण सहकारी सस्थाले राहात रकम ५१ हजार रुपैया सहयोग गरेको हो ।
बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देश, जिल्ला तथा नगरपालीका पनि प्रभाबित भएकाले शारदा नगरपालीकालाई पनि राहात र क्वारेनटाईन निर्माणको सहयोगको लागी भन्दै सस्थाले रु ५१ हजार रुपैया सहयोग गरेको सस्थाका अध्यक्ष किशोर कुमार हमालले बताए । आफुले सहयोग गरेको रकमले बिपन्न बर्गहरुलाई सहयोग हुने भन्दै ५१ हजारको चेक नगरप्रमुख शुरेस अधिकारीलाई प्रदान गरिएको उनले बताए ।
सहयोग रकम बुझदै शारदा नगरपालीकाका प्रमुख शुरेस अधिकारीले बिभिन्न ठाउँ बाट संकलन भएको राहात रकमले दैनिक कामकाज गरी जिविकोपार्जन गर्ने मजदुर तथा अपाङग र विपन्न मजदुरहरुका लागी खर्च गरिने बताए ।
उनका अनुसार अहिले सम्म नगरपालिकाले स्थापना गरेको राहत कोषमा बिभिन्न ब्यक्ति तथा निकाय बाट ३ लाख २ हजार रुपैया जम्मा भएको छ भने खाद्यन्न पनि संकलन भएको छ ।





.jpg)