ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका पेट्रोल पम्प अनुगमन

  सरिता चलाउने २०७९ श्रावण २० गते शुक्रबार १८:२६:२५ मा प्रकाशित

सरिता चलाउने साउन २०,सल्यान
सल्यानमा पेट्रोलियम पदार्थको अभाव र कालो बजारी भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले अनुगमन गरेको छ । पम्पमा पेट्रोल नपाइने तर किराना पसलहरुमा पेट्रोल पाइने गरेको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको नेतृत्वमा शुक्रबार पेट्रोल पम्पहरुमा अनुगमन गरिएको हो । 

प्रशासनले जिल्लाको व्यापारीक केन्द्रमा रहेको खैरावाङ्गी माइँ पेट्रोल पम्प र शारदा आयल व्यापार सेवामा अनुगमन गरेको छ । अनुगमनका क्रममा दुई वटै पम्पमा पेट्रोलको अभाव भएको र डिजेल भने प्रयाप्त मात्रामा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खडकाले बताउनु भयो । उहाँका अनुसार शारदा आयल व्यापार सेवा पम्पमा २६ सय लिटर डिजेल रहेको र खैरावाङ्गी माइँ पेट्रोल पम्पमा ९ हजार लिटर डिजेल रहेको  छ । खैरावाङ्गी माइँ पेट्रोल पम्पमा भने ५ सय लिटर पेट्रोल स्टक रहेको तर अत्यावश्यकका लागि मात्र राखिएको बताइएको छ । 

१५ गते पहिले पेट्रोलको लागि माग गरिएको भएपनि निगमले डिजेल मात्रै पठाइदिएका कारण समस्या भएको खैरावाङ्गी माइँ पेट्रोल पम्पका संचालक भुवन राईले बताउनु भयो । उहाँले पेट्रोलको लागि आज फेरि माग गरिएको र आइतबार या सोमबार सम्म पेट्रोल आई पुग्ने बताउनु भयो । 
किराना पसलहरुमा पाइने पेट्रोल पम्पहरुबाट बिक्रि नगरेको र आफुहरुलाई थाहा नभएको पम्पका संचालकहरुले बताएका छन । आफहुरुले अहिलेसम्म बिक्रिको लागि  किराना पसहरुमा पेट्रोल नदिएको उनिहरुको दावी रहेको छ । 

अनुगमन पछि सहायक प्रमुख जिल्ला अधिकारी थमन खडकाले जिल्लामा पेट्रोल अभाव हुन नदिन र उपभोक्ताहरुलाई मारमा पर्न नदिन पम्प संचालकहरुलाई आग्रह गर्नुभयो । पेट्रोल जिल्लामा ल्याउनको लागि केही समस्या परेमा प्रशासनसँग पनि समन्वय गर्न समेत अनुरोध गर्नु भयो । उहाँले किराना पसलहरुबाट खुलेआम र महंगोमा पेट्रोल बिक्रि नगर्न पनि आग्रह गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top