ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा ट्राफिक प्रहरीद्वारा ५४ लाख ८६ हजार राजस्व सङ्कलन

  सरिता चलाउने २०७९ श्रावण ८ गते आइतबार १८:००:३४ मा प्रकाशित

साउन ८,सल्यान
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले गएको  आर्थिक वर्ष २०७८/०७९मा ५४  लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय सल्यानले अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, बिलबुक, लाईसेन्स नभएका मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, लगायत ६ हजार १ सय ६३  सवारी साधन कारवाहीबाट ५४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको हो ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण बिश्वकर्मका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कारवाही गरिएका सवारी साधन मध्य ७ सय ९३ बस बाट ७ लाख १९ हजार ५ सय, ७ सय ७५ ट्रकबाट ६ लाख ७६ हजार ,  १ हजार ६६ जिप कार बाट, ९ लाख ५२ हजार ५ सय राजस्व सङ्कलन गरिएको छ ।

३ सय ६३  ट्याक्टरबाट ३ लाख ३८ हजार ५ सय, २ हजार ८ सय  मोटरसाइकलबाट २२ लाख ५८  हजार रकम सङ्कलन भएको छ । अन्य ३ सय ६० बाट ३ लाख १७ हजार ५ सय राजस्व सङ्कलन गरि जम्मा ५४  लाख ८६ हजार राजस्व सङ्कलन गरेको  उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top