ट्रेण्डिङ

होमपेज / अर्थ

कृषि विकास कार्यालय सल्यानको वार्षिक प्रगति ७८ प्रतिशत

  सरिता चलाउने २०७९ असार २८ गते मंगलबार १९:१९:४३ मा प्रकाशित

असार २८,सल्यान 
कृषि विकास कार्यालय सल्यानले चालु आर्थिक वर्षमा ७८ दशमलव १३ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षको अन्तिमसम्म ७८ दशमलव १३  प्रतिशत खर्च गर्न सफल भएको हो । 

मंगलबार सल्यान खलंगामा आयोजित चालु आर्थिक वर्षको प्रगति समिक्षा तथा वीउ उत्पादन योजना निर्माण अन्तरक्रिया गोष्ठीमा २४ करोड १३ लाख ७४ हजार बजेट आएकोमा १४ करोड ७१ लाख १८ हजार खर्च गर्न सफल भएको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनु भयो । 

उहाँका अनुसार कर्णाली प्रदेश वित्तिय समानिकरण कार्यक्रममा  ११ करोड १६ लाख २९ हजार अर्थात ७६ दशमलव २८ प्रतिशत, संघ सशर्त अनुदान कार्यक्रम पिएमएएमपि कार्यक्रममा १ करोड ४० लाख अर्थात ९० दशमलव ३८ प्रतिशत, संघ सशर्त अनुदान अर्गानिक मिसन कार्यक्रममा ५१ लाख ३५ हजार खर्च भएको छ । यस्तै मुख्यमन्त्री रोजगार उद्यमशिलता तथा आयआर्जन कार्यक्रममा १ करोड ६३ लाख ४५ हजार खर्च गर्न सफल भएको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top