ट्रेण्डिङ

होमपेज / अर्थ

आर्थिक वर्ष २०७९ /०८० मा सल्यानको ३ अर्ब बढीको बजेट

  सरिता चलाउने २०७९ जेठ १६ गते सोमबार १७:०९:१३ मा प्रकाशित

सरिता चलाउने जेठ १६,सल्यान
सरकारले आर्थिक वर्ष २०७९ ०८० का लागि सल्यानका दस स्थानीय तहका लागि ३ अर्ब ४३ करोड ५८ लाखको बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको बजेटमा तीन नगरपालिका र सात गाउँपालिकाका लागि ३ अर्ब बढीको बजेट सार्वजनिक भएको हो । जिल्लामा बागचौर नगरपालिकामा सबैभन्दा धेरै ४८ करोड र सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा २१ करोड बजेट विनियोजन भएको छ । 

नगरपालिका तर्फ
बागचौर  ४८ करोड ४ लाख
बनगाडकुपिण्डे  ४१ करोड ४९ लाख
शारदा  ४४ करोड ४१ लाख

गाउँपालिका तर्फ
कपुरकोट २९ करोड ८९ लाख
कालिमाटी २९ करोड ९२ लाख
कुमाख ३४ करोड ५६ लाख
छत्रेश्वरी  ३३ करोड २६ लाख
सिद्धकुमाख २१ करोड ४ लाख
त्रिवेणी २९ करोड ७० लाख
दार्मा ३१ करोड ५४ लाख

प्रतिक्रिया

सम्बन्धित खवर

Top