होमपेज / अर्थ
माघ १७,सल्यान
सल्यानको कुमाख गाउँपालिकाले विभिन्न समयमा विपद्ले क्षति पुगेका व्यक्तिहरूलाई राहत दिने भएको छ । सोमबार बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले गएको साउन यता पालिका भित्र आगलागी, बाढी पहिरो, दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई राहत दिने भएको हो ।
वर्षाका कारणले घर भत्किएका र चट्याङबाट पशु तथा बस्तुमा क्षति गरेको परिवारलाई ३/ ३ हजार, मृतक परिवार र बिरामी भएका परिवारलाई १०/ १० हजार,दुर्घटनामा परि घाइते भएका, खेतको कुलो बिग्रिएको र आर्थिक अवस्था कमजोर भई औषधी उपचार गर्न समस्या भएका परिवारलाई ५./५ हजारका दरले राहत दिने निर्णय गरेको छ ।
यस्तै आगलागीबाट घर जलेका, क्षति पुगेका परिवारलाई पाँच/ पाँच हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । राहत स्वरूप ८१ हजार रुपियाँ राहत दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । राहत पाउनेमा वडा नम्बर १ का शर्मिला वादी , वडा नम्बर २ का अते राणा, लिले रावत, वेलधर बुढा, वडा नम्बर ३ का रत्नबहादुर थापा, रेखा वुढाथापा, कमला परियार, वडा नम्बर ४ का इच्छाराम शर्मा, डम्बर विष्ट, दुले कामी, खुमबहादुर दमाई, यस्तै वडा नम्बर ५ का भागे बुढा, वडा नम्बर ६ का कालीबहादुर बुढाथोकी र वडा नम्बर ७ का कालो बोहराले राहत प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जगत घर्तीले जानकारी दिए ।
यस्तै बैठकले मर्मखोला लगायतका खोला र अन्य साना खोलामा तटबन्धका लागि जाली माग भएकाले स्थलगत अनुगमन गरी सिफारिस गर्न वडा नम्बर ४ का अध्यक्ष तिलवीर बुढाथोकी संयोजक , सदस्य मिलनराज शर्मा र भरत शाही सदस्य रहेको समिति गठन गरिएको छ । समितिले माग भई आएको तार जातीको आवश्यता बारे अनुगम नगरी सिफारिस गर्ने छ ।





.jpg)