ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा सात प्रतिशतले घट्यो धान उत्पादन

  सरिता चलाउने २०७८ पौष ११ गते आइतबार १६:२०:१२ मा प्रकाशित

सरिता चलाउने पुस ११,सल्यान ।

सल्यानमा चालु आर्थिक वर्षमा बर्खे धान सात प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ६ दशमलव ५४ प्रतिशतले सल्यानमा धान उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ७ हजार ७२ हेक्टरमा खेती भएकोमा २७ हजार ८ सय ४९ मेटिकट्न मात्र धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा २९ हजार ७ सय ९९ मेटिकट्न उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । 

समयमै पानी पर्दा सबै क्षेत्रमा धान रोपाई भएको भएता पनि बाली भित्र्याउने क्रममा लगातारको वर्षाका कारण उत्पादनमा कमी आएको बस्नेतको भनाई छ । समयमै खेती भएकाले यो वर्ष उत्पादन बढ्ने आकलन गरी रहेको समयमा लगातारको वर्षाले काटेको धान बालीमा क्षति पु¥याउँदा उत्पादन घटेको उनको भनाई छ । 

यस्तै बर्से मकैको उत्पादन घटेको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा १ दशमलव २ प्रतिशतले मकै उत्पादन घटेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ६८ हजार ४ सय ९३ मेटिकट्न उत्पादन भएकोमा चालु आर्थिक वर्षमा घटेर ६७ हजार ७ सय ९० मेटिकट्न मात्र उत्पादन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top