ट्रेण्डिङ

होमपेज / अर्थ

खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान

  सरिता चलाउने २०७८ कार्तिक १२ गते शुक्रबार १७:२३:०९ मा प्रकाशित

सरिता चलाउने कात्तिक १२,सल्यान 

सल्यान खाद्यान्नमा आत्मनिर्भर बन्दै गएको छ ।  धान, मकै, गहुँ, कोदो लगायतका खाद्यान्नको उत्पादनमा वृद्धि भएसँगै जिल्ला आत्मनिर्भर भएको हो । 

जिल्लामा ३ हजार ७ सय ४७ दशमलव १ मेटिकट्न खाद्यान्न बचत भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । शुक्रवार सल्यान खलङ्गामा भएको पालिकामा कार्यरत कृषि विकास शाखा तथा अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा सल्यान खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी गराइएको हो । 

कार्यालयका अनुसार जिल्लामा धान १६ हजार ८ सय १६ मेटिकट्न, मकै ५८ हजार ८ सय ७४, गहुँ २१ हजार ७ सय २२, कोदो १ हजार १०, जौ २ सय ६४ गरी ९८ हजार ७ सय ३९ मेटिकट्न खाद्यान्न उत्पादन हुँदै आइरहेको छ । जिल्लावासीका लागि वार्षिक ५५ हजार ४ सय ९७ मेटिकट्न खाद्यान्न आवश्यक पर्ने कार्यालय प्रमुख महेश आर्चायले बताए । यसमा भण्डार गर्दा लाग्ने रोग किरा, मादक पदार्थ, पशु आहारालाई नजोडिएको उनको भनाई छ । 

यस्तै चालु आर्थिक वर्षका लागि कार्यालयमा १६ करोडको अख्तियारी आएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । प्रदेश कार्यक्रम अन्तर्गत १४ करोड ६३ लाख ३९ हजार, अर्ग्यानिक मिसन कार्यक्रममा ५५ लाख र पिएमएएमपि मा १ करोड ५५ लाखको बजेट उपलब्ध भएको जानकारी भएको बताए । 

कार्यक्रममा गत आर्थिक वर्षका क्रियाकलापको समेत समीक्षा गरिएको छ । गत वर्षका कार्यक्रमहरूमा सबैभन्दा धेरै सिचाई कुलो, प्लास्टिक घर र ब्लक कार्यक्रम प्रभावकारी देखिएको कार्यक्रमका सहभागीहरूले बताएका छन् । किसानहरूले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने सहभागिहरुकाे जोड रहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top