ट्रेण्डिङ

होमपेज / अर्थ

बचत बैंक प्रति सेवाग्राहीको आकर्षण घटदै

  सरिता चलाउने २०७६ फाल्गुण २० गते मंगलबार १५:०६:५४ मा प्रकाशित

सरिता चलाउने  फागुन २०, सल्यान 
जिल्ला हुलाक कार्यालय सल्यानमा बचत बैंक खाता प्रति आकर्षक घटदै गएको छ । गत बर्ष सरकारले  हुलाक बचत बैंकलाई खारेज गर्ने र हुलाक बैंकमा जम्मा भएको रकम खाता सहित बाणिज्य बैंकमा सारिने निर्णय गरेपछि हुलाक कार्यलयमा बचत बैंक खाता प्रति आकर्षक घटदै गएको हो । 
बिगतका दिनहरुमा जिल्ला हुलाक कार्यालय सल्यानमा बचत गर्नेहरुको भिड लाग्ने भएपनि यस बर्ष घटेको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार गतबर्ष  ३ हजार २ सय बचत खाता पुगेकोमा यस बर्ष भने ७ सयले घटेको छ । बचत बैंकलाई बाणिज्य बैंकमा हस्ताणतरण गर्ने भनि बजेट बक्तब्यमा आएपछि बचत बैंक खाता खोल्नेहरुमा तरङग पैदा भएपछि गत सालको तुलनमा घटेको भण्डारीले बताए । 
समय सापेक्ष हुलाक कार्यालयले बचत बैंकलाई सुधार गर्न नकस्दा पनि नागरिकहरुको आकर्षक अन्य बैंक तिर रहेको उनको भनाई छ । हुलाक बैंकले अन्य बैंकको तुलनामा ब्याज बढि हुने, कर नलाग्ने, सहुलियत रुपमा सेवा प्रवाह गर्दै आएको भए पनि बाणिज्य बैंकमा हस्तान्तरण गर्ने भने पछि एक किसिमको तरङग पैदा भएकाले नागरिकको आर्कषण घटेको भण्डारीले बताए । 
चालु आर्थिक बर्षबाट जिल्ला हुलाक कार्यालय बाटै बचत बैंक लाई निरन्तर अगाडी बढाउने भन्ने आदेश आएपछि नागरिकको आर्कषक बढाउनका लागी सुचानाहरु जारी गरिएको उनले बताए ।  उनले भने  बाणिज्य बैंकमा जान लाग्यो भनेपछि नागरिकहरुको चासो घटयो, बचत कर्ताहरुले पैसा निकाल्नु थाले । १२ करोडमा ६ करोड मात्र बाँकी छ हुलाक बैंकमा, अबहामी फेरी सुरुवात गर्छौ, 
अब हुलाक कार्यालयमा सफ्टवयर जडान गरेर नागरिकहरुको चाहानालाई बुझेर अन्य बैंक जस्तै छिटो छरितो बनाउने हुलाक अधिकृत भण्डारीले बताए  । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top