होमपेज / अर्थ
सरिता चलाउने चैत ७,सल्यान
नेपाल निमार्ण व्यवसायी संघ सल्यानको अध्यक्षमा इन्द्र बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल निमार्ण व्यवसायी संघ सल्यानको १९ औं साधारण सभाव तथा ९ औं अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन ।
जसको प्रथम उपाध्यक्षमा डम्बर सिंह सुनार, द्धितीय उपाध्यक्ष सुशिल जंग चन्द, महासचिवमा जिमजियाङ राई, सचिव डिल्लीराज खड्का, कोषाध्यक्ष कमान सिं डाँगी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा डम्बर बहादुर गिरी, देव बहादुर खड्का, गेदलाल बस्नेत, जगत बहादुर राज गुरु र दुर्गा प्रसाद डाँगी रहेका छन् ।
अधिवेशनले ठेक्कापट्टा संयोजकमा काली प्रसाद भण्डारी, केन्द्रीय प्रतिनिधिमा धिरज रावत र हिमेन्द्र बाबु सेजवाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डम्बर बहादुर ओलीले जानकारी दिए ।सर्वसम्वत सहमतिका आधारमा समिति गठन भएको उनको भनाई छ ।





.jpg)