होमपेज / अर्थ
सरिता चलाउने फागुन १९,सल्यान
सल्यानमा चालु आर्थिक बर्ष मात्र ३६ वटा सिचाई कुलो निर्माण भएका छन् । खानेपानी सिचाई तथा उर्जा बिकास कार्यालय सल्यानको सक्रियता तथा कृषि बिकास कार्यालयको अनुदान रकमबाट अन्य २८ वटा पक्की कुलोहरु बनाउने काम धमाधम भैरहेको छ ।
सल्यानको बन्गाड कुपिण्डेका किसान टंकबहादुर रानाले सिचाई कुलोबाट आएको पानीले खेती गर्न पाउदा दंग परेको बताए । उनले भने पहिले कच्ची कुलोबाट पानी चुहिने समस्या मात्र होईन हरेक पटक कुलो सफा गर्न जानु पथ्र्यो । अहिले त्यो समस्या हटनुका साथै सिचाई कुलोबाट पर्याप्त पानी आएका कारण उत्पादन पनि बढेको छ । अहिले कुपिण्डेका ३० भन्दा धेरै किसानहलाई सिचाई कुलोबाट खेती गर्न सहज भएको छ ।
सिँचाई नपुगेका बन्गाड, शारदा फाँट, कुमाख, र कालीमाटीमा सिचाई कुलो निर्माण भएका छन् । यी ठाउँहरुमा सिचाई कुलो निर्माणले लामो समयपछि जमिन सिंचित भएको कृषक सलिना गिरीले बताइन । यसबाहेक पनि सल्यानमा अहिले धमाधम पक्की सिचाई कुलोहरु बनिरहेका छन । सयौं बिगाहा क्षेत्रमा आयोजनामार्फत स्थायी कुलो निर्माण भएपछि खेती गर्न सहज भएको किसानले बताएका छन् ।
यस बर्षमा मात्र सल्यानमा कृषि बिकास कार्यलयबाट २६ र वटा खानेपानी सिचाई तथा उर्जा बिकास कार्यलयबाट १० वटा गरी ३६ वटा सिचाई कुलो निर्माण भएका छन् । २८ वटा सिचाई कुलो निर्मानाधीन अवस्थामा रहेको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले बताए ।उनका अनुसार यस बर्ष कृषि बिकास कार्यलयले ३४ वटा सिचाई कुलो निर्माण गरिरहेको छ । अहिले सम्म जिल्ला भर सिंचित क्षेत्र ७ हजार ४ सय ८८ हेक्टर जमिन रहेको भने त्यस मध्येमा बर्षभरी सिचाई पुग्ने क्षेत्र भनेको ५ हजार १३ हेक्टर रहेको छ ।
सल्यानमा अझै पनि ३१ हजार ४ सय ३६ हेक्टर क्षेत्रफल जमिनमा सिचाई पुग्न बाँकि छ । यी क्षेत्रमा सिचाई पु¥याउन प्रयास थालिएको छ ।