ट्रेण्डिङ

होमपेज / अर्थ

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानका दश पालिकामा ३५ करोड बजेट

  सरिता चलाउने २०७७ पौष ३ गते शुक्रबार १६:०५:१८ मा प्रकाशित

सरिता चलाउने पुष ३,सल्यान
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्मन्त्री रोजगार कार्यक्रमका लागि सल्यानका दश पालिकामा ३५ करोड बढीको बजेट विनियोजन भएको छ । जिल्लाका ८३ वटै वडालाई बजेट विभाजन गरी रकम विनियोजन गरिएको छ । सल्यानका दश पालिका मध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा ६ करोड १६ हजार बजेट विनियोजन भएको छ ।

यस्तै बागचौर नगरपालिकामा ५ करोड ६३ लाख ९ हजार, बनगाड कुपिण्डे नगरपालिकामा ५ करोड २३ लाख ९२ हजार , दार्मा गाउँपालिकामा २ करोड ६९ लाख ११ हजार, कुमाख गाउँपालिकामा ३ करोड २० लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले जनाएको छ ।

 यस्तै सिद्ध कुमाख गाउँपालिकामा २ करोड १३ लाख ४ हजार, छत्रेश्वरी गाउँपालिकामा ३ करोड ७ लाख १८ हजार, कालिमाटी गाउँपालिकामा ३ करोड १२ दाख ८९ हजार, त्रिवेणी गाउँपालिकामा २ करोड ५१ लाख, ५९ हजार र कपुरकोट गाउँपालिकामा २ करोड ५७ लाख ४० हजार रुपैयाँ विनियोजन भएको जनाइएको छ । 
विनियोजन गरिएको बजेटको अख्तियारी सामाजिक विकास कार्यालय मार्फत हुने छ । वडाले छनौट गरेका योजना भित्र रहेर काम हुने कार्यालयले जनाएको छ । 

सामाजिक विकास कार्यालय र स्थानीय तह बीचको समन्वयमा सञ्चालित यस कार्यक्रमले बेरोजगार र कोरानाले कारण थप मारमा परेकालाई रोजगारी सिर्जना गर्ने  कार्यालयले जनाएको छ । कार्यक्रमको कुल बजेट मध्ये ७० प्रतिशत रकम कामदारले ज्याला बाफत पाउने छन् भने ३० प्रतिशत रकम आयोजनालाई आवश्यक सामाग्री खरिद गर्न खर्चिइने छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top