होमपेज / अर्थ
सरिता चलाउने मंसिर ८,सल्यान
सल्यानमा मास्क नलगाई बाहिर निस्किने नागरिकलाई कारवाहीबाट दुई लाख बढी राजस्व संकलन भएको छ ।
गत असार २७ गते यता २ हजार १ सय १५ जनालाई कारवाहीबाट दुई लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कोभिड १९ रोकथाम तथा व्यवस्थापनको लागि मन्त्री परिषद्को निर्णय अनुसार घर बाहिर निस्कदा मास्क नलगाउने व्यक्तिलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए ।
कोभिड १९ रोकथाम नियन्त्रण तथा व्यवस्थापनको लागि मास्क नलगाई घर बाहिर निस्किनेलाई पहिलो चरणको कारवाही स्वरुप संक्रामक रोग ऐन २०२० बमोजिमको व्यवस्था अनुसार प्रति व्यक्ति रु एक सयका दरले कारवाही भइरहेको उनको भनाई छ ।
कारवाही अन्र्तगत सोमबार जिल्ला प्रहरी कार्यालयको मोवाइल गाडीले दुई जना, कपुरकोट बजारमा एक जना, लुहाम बजारमा ५२ जना, खलंगा बजारमा ७ गरी ५९ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।





.jpg)