होमपेज / अर्थ
सरिता चलाउने भदौ २७, सल्यान
सल्यानमा यस बर्ष झन्डै २ करोड बराबरको स्याउ उत्पादन भएको छ । ५५ हेक्टर क्षेत्रफलमा स्याउ खेति हुदै आईरहेको सल्यानमा यस बर्ष ३ सय ९० मेटिक्टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
भौगोलिक हिसावले हावा पानी मिल्ने भएपछि पछिल्लो समय सल्यानका किसानहरुले स्याउ खेति गर्दै आइ रहेका छन । यस बर्ष मौसमले राम्रो साथ दिएकाले स्याउ उत्पादनबाट किसानहरुले १ करोड ९५ लाख आम्दानी गर्न सफल भएको कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए ।
जिल्लाको कुमाख गाउँपालिका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको केही भागमा स्याउ खेति हुँदै आइ रहेको छ ।
उनका अनुसार स्याउ खेतीलाई बिस्तार गर्नको लागि कुमाख गाउँपालिकाको गुरदासेमा स्याउ पकेट कार्यक्रम संचालन गरिएको छ । स्याउ खेति र उत्पादनलाई बढाउन अर्गानिक कार्यक्रम अन्र्तगत स्याउ पकेट कार्यक्रम संचालन गरिएको उनले बताए ।
फलफूल उत्पादनको हिसावले सल्यान जिल्ला अब्बल बन्दै गएको सुचना अधिकारी बस्नेतले बताए ।





.jpg)